एनसेलले सरकारलाई बुझायो साढे ४ अर्ब लाभकर
काठमाडौं, पुस १५ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ।
<....
काठमाडौं, पुस १५ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ।
जरिवाना छुट दिँदै सर्वोच्च अदालतले गरेको फैसलापछि एनसेलले निर्धारित २२ अर्ब ६४ करोड रूपैयाँमध्ये ४ अर्ब ५० करोड रूपैयाँ पूँजीगत लाभकर बुझाएको हो।
ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले एनसेलले पूँजीगत लाभकर बुझाएको पुष्टि गरे। उनका अनुसार अब एनसेलले १८ अर्ब ८ करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी रहेको छ।
एनसेलले लाभकर ऐनको दफा ११० अनुसार बुझाउन बाँकी पूँजीगत लाभकर किस्ताबन्दीमा तिर्न पाउनु पर्ने निवेदन ठूला करदाता कार्यालयमा दिएको छ।
यसअघि सर्वोच्च अदालतको फैसलापछि ठूला करदाता कार्यालयले १५ दिनभित्र लाभकर बुझाउन एनसेललाई पत्र पठाएको थियो।






