Kathmandu Press

शंकास्पद रूपमा अमेरिकी डलर नेपाल भित्र्याउने खाेजेकाे आराेपमा शाहसहित ६ जना पक्राउ

शंकास्पद रूपमा अमेरिकी डलर नेपाल भित्र्याउने खाेजेकाे आराेपमा शाहसहित ६ जना पक्राउ

काठमाडाैं, पुस २२ : प्रहरीले अछामका पृथ्वीबशादुर शाहसहित ६ जनालाई अमेरिकाबाट शंकास्पद रूपमा रकम भित्र्याउन खाेजेकाे आराेपमा पक्राउ गरेकाे छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरि अनुसन्धान थालेकाे हाे।

शाहले अमेरिकाबाट ल्याउन खाेजेकाे शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो। 

उक्त राेकेर राखेकाे रकम फुकुवा गरिदिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकलाई पत्रचार गरेपछि उनकाे तीव्र आलोचना भएको थियो।

ब्युरोका एपपी सञ्जयसिंह थापाका अनुसार दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्याएको, यसअघि पनि शंकास्पद कारोबार गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

ब्युरोका प्रमुख एआइजी उत्तम सुवेदीका अनुसार उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्