Kathmandu Press

रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै रविको सांसद पद तत्कालका लागि यथावत् रहने भएको छ ।
रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौ, पुस २२ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शुक्रबारको संवैधानिक इजलासले उनको नागरिकता र राहदानीबारे परेका मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश नहुने निर्णय गरेको हाे। अदालतले लामिछानेको मुद्दामा माघ ११ गते पूर्ण सुनुवाइ हुने पनि जनाएको छ ।

लामिछानेमाथि अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। तर उनी गत पुस ११ मा उपप्रधान र गृहमन्त्री नियुक्त भएका थिए।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप थियो।

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै रविको सांसद पद तत्कालका लागि यथावत् रहने भएको छ । 

 

प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्