देउवा निवासमा कांग्रेस संसदीय दलकाे बैठकका एजेन्डा तय गर्न छलफल
छलफलका लागि सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतलाई बोलाएको बुझिएको छ।
काठमाडौं, पुस २२ : नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा छलफल हुँदैछ।
आज (शुक्रबार) साँझ बस्ने भनिएको बैठकमा भोलि (शनिबार) दिउँसो १ बजे बस्ने कांग्रेस संसदीय दलको बैठकका लागि एजेन्डा तय गरिने बताइएको छ। सो अवसरमा समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा पनि हुने जनाइएको छ।
कांग्रेस केन्द्रीय समिति बैठक यही पुस २८ गते बस्दैछ। छलफलका लागि सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतलाई बोलाएको बुझिएको छ।
प्रधानमन्त्री पदबाट बाहिरिएपछि देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग पहिलाेपल्ट निवासमै बोलाएर प्रत्यक्ष छलफल गर्न लागेका हुन्। उनीहरूसँग देउवाकाे टेलिफाेन संवाद भने भएकाे जनाइएकाे छ।
कांग्रेस सत्ताबाट बाहिरिएपछि थापा र शर्माले सभापति देउवाको आलोचना गर्दै आएका थिए।











