Kathmandu Press

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौं, पुस १५ :  प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। 

सभामुख चयनको प्रक्रिया अघि बढाउन प्रतिनिधिसभाको बैठक बुधबार द....

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
फाइल

काठमाडौं, पुस १५ :  प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। 

सभामुख चयनको प्रक्रिया अघि बढाउन प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेपछि दोस्रो पटक सूचना टाँस गरी प्रतिनिधिसभा बैठक स्थगित भएको हो। 

प्रतिनिधि सभाको अर्को बैठक पुस २७ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।
 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, पुस १५, २०७६