Kathmandu Press

न्यूनतम साझा कार्यक्रमलाई दिइयाे अन्तिम रूप, शनिबार सार्वजनिक गर्ने तयारी

न्यूनतम साझा कार्यक्रमकाे मस्यौदा प्रतिवेदन भोलि (शनिबार) शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य एवं रास्वपाका नेता मुकुल ढकालले जानकारी दिए।
न्यूनतम साझा कार्यक्रमलाई दिइयाे अन्तिम रूप, शनिबार सार्वजनिक गर्ने तयारी

काठमाडौं, पुस २२ : सत्तागठबन्धनमा आबद्ध दलहरुले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएका छन्।

आज (शुक्रबार) अर्थ मन्त्रालयमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरुको कार्यदल बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सात दलबाट एकएक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रम तयार पारिएको हो।

पुस १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सहभागिता छ।

न्यूनतम साझा कार्यक्रमकाे मस्यौदा प्रतिवेदन भोलि (शनिबार) शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य एवं रास्वपाका नेता मुकुल ढकालले जानकारी दिए।

शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ। साझा कार्यक्रममा सबै दलका एजेन्डा समावेश गरिएको र मुलुकको हितका लागि नै कार्यक्रम तयार भएको उनले बताए।

सुशासनको प्रत्याभूति दिने र जनतालाई परिवर्तनको आभास गराउने गरि कार्यक्रम तय भएको ढकालको दाबी छ।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्