Kathmandu Press

उखु किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न आदेश

काठमाडौं, पुस १५ : उखु किसानको पैसा नतिर्ने चिनी मिल सञ्चाकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई आदेश दिएको छ।

मंगलबार गृह मन्त्रालयले प....

उखु किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न आदेश

काठमाडौं, पुस १५ : उखु किसानको पैसा नतिर्ने चिनी मिल सञ्चाकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई आदेश दिएको छ।

मंगलबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेर चिनी मिल सञ्चालकलाई पक्राउ गर्न आदेश दिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयले चिनी मिल सञ्चालकलाई कारबाही गर्नका लागि सहघाउन आग्रह गरेको थियो।

दुवै मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री प्रालि र अन्नपूर्ण सुगर एन्ड जनरल ईन्डस्ट्री प्रालिका सञ्चाकलाई पक्राउ गरिदिन आग्रह गरिएको थियो।

त्यसकै आधारमा गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको जनाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार, अब उखु किसानको पैसा नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्नेछ।

उखुको पैसा नपाएपछि सप्तरीका किसान काठमाडौं आएका छन्। उनीहरु १४ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन्।

 

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, पुस १५, २०७६