सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी
आज (शुक्रबार) नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
काठमाडौं, पुस २ : प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।
आज (शुक्रबार) नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
नयाँ प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेबाट सुरु हुँदैछ। त्यसको तयारीका लागि आज सर्वदलीय बैठक बसेको थियो।
संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको लेखकले बताए।
प्रस्तावित मितिमा लगभग यसमा लगभग सहमति भएको उनले जवानकारी दिए। ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ,’ उनले भने।
प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार