संसदको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं, पुस २२ : प्रतिनिधि सभा बैठकको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको छ ।
यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते सोमबार बस्दैछ ।
प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











