Kathmandu Press

 नागरिकता विवादमा वकिलहरुको बहस : रवि लामिछाने नेपाली नागरिक होइनन्

बहसका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विवादमा सुनुवाई भइरहँदा लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने बताएका छन्।
 नागरिकता विवादमा वकिलहरुको बहस : रवि लामिछाने नेपाली नागरिक होइनन्

काठमाडौं, पुस २२ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा बहस जारी छ । 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान राउत सम्मिलित संवैधानिक इजलासमा सुरु भएको बहसमा वकिलहरुले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका छन्। 

बहसका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विवादमा सुनुवाई भइरहँदा लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने बताएका छन् । उनले    अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नरहने र नागरिकतासम्बन्धी ऐन २०६३ को दफा १० को उपदफा १ अनुसार लामिछानेले ०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको जिकिर गरे।

नेपालमा फेमिलि भिसामा आएका रविले नेपाली नागरिकता लिने प्रक्रियासमेत पुरा नगरेकाले उनी गृहमन्त्रीमा रहिरहने नैतिक अधिकार नभएको भण्डारीले समेत जिकिर गरे । 

निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको तर्क गरे। 
 

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्