Kathmandu Press

सर्वदलीय बैठक सुरु 

प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएकाे बैठक सुरू भएकाे छ।
सर्वदलीय बैठक सुरु 

काठमाडौं, पुस २२ : प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् । प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते सोमबार बस्दै छ ।

बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्