Kathmandu Press

फिमेल भर्सनको 'फुलैफुल दिन्छौ कि' युट्युबबाट एक घन्टामै किन हटाइयो ?  

फिमेल भर्सनको 'फुलैफुल दिन्छौ कि' युट्युबबाट एक घन्टामै किन हटाइयो ?  

काठमाडौं, पुस २१ : संगीतकार आशिस अविरलले बिहीबार आफ्नो युट्युब च्यानलमार्फत ‘फुलैफुल दिन्छौ कि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरे । 

साँझ करिब पाँच बजे युट्युबबाट सार्वजनिक गरेको उक्त म्युजिक भिडियो उनले एक घन्टा नबित्दै ६ बजे आफ्नो च्यानलबाट हटाए ।

Hardik ivf

अविरलले चारदिन अघि उक्त म्युजिक भिडियोको टिजर सार्वजनिक गरेका थिए। लामो समयको पर्खाइपछि सार्वजनिक भएको म्युजिक भिडियो अकास्मात् हटाइएपछि दर्शक तथा स्रोताहरुले त्यसबारेमा विभिन्न टिकाटिप्पणी गरेका छन् । 

संगीतकार अविरलले भने प्राविधिक कारणलले तत्कालका लागि म्युजिक भिडियो हटाइएको बताएका छन् । गीत किन हटाउनुभयो ? भन्ने काठमाडौंप्रेसको प्रश्नमा अविरलले भनेका छन्, ‘केही प्राविधिक कारणले हटाइएको हो, शुक्रबार पुनः सार्वजनिक हुनेछ।’

१२ वर्षअघि शिव परियारले गाएको यो गीतलाई अविरलले फिमेल भर्सनमा पुनः दर्शकश्रोतामाझ ल्याएका थिए । फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीले गाएकी छन् । त्यसो त चार महिनाअघि शिव परियार आफैले पनि यस गीतलाई रिमेक भर्सनमा सार्वजनिक गरेका थिए ।

फरक निर्माण कम्पनीबाट निर्माण भएका कारण फिमेल भर्सनको गीतमाथि कपिराइटको समस्या आएको हुनसक्ने आकलन पनि गरिएको छ । शिव परियारले नै गीत हटाउन लगाएका हुन् कि भन्ने प्रश्न पनि उठेको छ। यसबारेमा अविरल आफूले भने कुनैपनि जवाफ दिन चाहेनन् । 

प्रकाशित मिति: २२:४२ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्