Kathmandu Press

सरकारले चुनावी झडपमा मृत्यु भएकाका परिवारलाई १०/१० लाख दिने, कम्बोडियाबाट पाण्डेकाे शव ल्याउन पहल गर्ने

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उपप्रधान एवं अर्थमन्त्री पौडेलले उक्त जानकारी गराएका हुन्। 
सरकारले चुनावी झडपमा मृत्यु भएकाका परिवारलाई १०/१० लाख दिने, कम्बोडियाबाट पाण्डेकाे शव ल्याउन पहल गर्ने

काठमाडाैं, पुस २२ : सरकारले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा बाजुरामा मृत्यु भएका सञ्जीव ऐडी र चेतनदेव ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप जनही रु. १० लाख प्रदान गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उपप्रधान एवं अर्थमन्त्री पौडेलले उक्त जानकारी गराएका हुन्। 

गत मंसिर ४ निर्वाचनका दिन मतदानका क्रममा  ‘बुथ कब्जा’ गर्न खोजेको विषयमा झडप हुँदा सुरक्षाकर्मीका गोली लागी सन्दीप ऐडीको मृत्यु भएको थियो। सोही दिन साँझ त्रिवेणी–७ का चेतन ऐडीको पनि चुनावी निहुँमा भएको कुटपिटबाट मृत्यु भएको थियो।

यस्तै बैठकले कम्बोडियामा एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ। उनको शव नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए।

प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक अघि पाण्डेका परिवारसँग छलफल गरी शव नेपाल ल्याउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्