फ्राइडे सिनेमा : हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

काठमाडौं, पुस २२ : फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ।
‘हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ । यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ,’ निर्देशक जेम्सले भने । प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतले अभिनय गरेका छन्। ‘मैले सुनकेशरी नामक हरर फिल्म बनाए । यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्,’ अभिनेत्री ऋचा शर्माले भने।
अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गरेका छन्। ‘निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु,’ अभिनेत्री हमालले भनिन्। अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’लगायतका हरर फिल्ममा काम गरेकी छन्। निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ।












