Kathmandu Press

चिनियाँ नागरिक पक्राउपछि घर भाडामा बस्नेको रेकर्ड राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, पुस १५ : चिनियाँ नागरिक पक्राउ परेपछि गृह मन्त्रालयले घरभाडामा बस्नेको रेकर्ड राख्न निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापा र ....

चिनियाँ नागरिक पक्राउपछि घर भाडामा बस्नेको रेकर्ड राख्न गृह मन्त्रालयको निर्देशन
फाइल फाेटाे

काठमाडौं, पुस १५ : चिनियाँ नागरिक पक्राउ परेपछि गृह मन्त्रालयले घरभाडामा बस्नेको रेकर्ड राख्न निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईसहितको बैठकले काठमाडौं उपत्यकालगायत देशभर अपराधिक गतिविधि बढेको निष्कर्ष निकालेको छ। त्यसैले मुख्य शहरी क्षेत्रमा घरभाडामा बस्ने व्यक्ति र समूहको रिकर्ड राख्न निर्देशन दिएको छ।

गृह मन्त्रालयका अनुसार, घरभाडामा बसेर विभिन्न व्यक्ति तथा समूहले अपराधिक गतिविधि गरेको पाइएको छ। त्यसैले मुख्य शहरी क्षेत्रमा घर भाडामा दिने र लिने व्यक्ति तथा संस्थाबारे नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृह मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।

बैठकले घरभाडामा दिँदा भाडामा बस्ने व्यक्ति तथा संस्थाको परिचय खुल्ने विवरण राख्न घरधनीलाई आग्रह गरेको छ। त्यहि जानकारी नजिकको प्रहरी कार्यालयमा बुझाउन गृहले अनुरोध गरेको हो।

केही दिनअघि प्रहरीले काठमाडौंबाट एक सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो। उनीहरु घरभाडामा लिएर बस्दै आएका थिए। त्यस्तै, चितवनमा पनि घरभाडामा लिएर बसिरहेका चिनियाँ नागरिक पक्राउ परेका थिए।

उनीहरुले विभिन्न अपराधिक गतिविधि गरेको प्रहरीले जनाएको छ। त्यस्तै, अन्य शहरमा पनि अपराधिक गतिविधि गरिरहेको हुन सक्ने आशंकमा गृह मन्त्रालयले रिकर्ड राख्ने व्यवस्था गर्न मातहतका प्रहरी एकाईलाई निर्देशन पनि दिएको हो।

 

प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, पुस १५, २०७६