Kathmandu Press

पाँचथरमा सुत्केरी महिलाकाे उपचार अभावमा मृत्यु

प्रशुति व्यथा लागेपछि समयमै अस्पताल पुर्याउन एम्बुलेन्स नपाउँदा १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ मृत्यु भएकाे हाे।
पाँचथरमा सुत्केरी महिलाकाे उपचार अभावमा मृत्यु

काठमाडाैं, पुस २१ : पाँचथर कुम्मायक-२ मा १९ वर्षीया एक सुत्केरीकाे मृत्यु भएकाे छ। प्रशुति व्यथा लागेपछि समयमै अस्पताल पुर्याउन एम्बुलेन्स नपाउँदा १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ मृत्यु भएकाे हाे।

पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११:५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन्।

मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । सँगै आएका आफन्तले अस्पताल लैजान गाडी खोजे पनि पर्याप्त समय नहुँदा अस्पताल पुर्‍याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।

पाँचथर अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले प्रसूतिपछि हुने अत्यधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए ।

प्रकाशित मिति: १९:१२ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्