Kathmandu Press

निकासी प्रवर्धन गर्न सके मुलुककाे व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ : राष्ट्रपति

सरकार र उद्यमीहरुबीचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवं निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्न प्रदर्शनी उपयोगी माध्यम हुने उनले विश्वास व्यक्त गरिन्।
निकासी प्रवर्धन गर्न सके मुलुककाे व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ : राष्ट्रपति

काठमाडाैं, पुस २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्धन गर्न सके मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन्।

बिहीबार जुत्ता उत्पादक सङ्घले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्धन गर्न सके मात्र व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने र यसका लागि फुटवेयर उद्योगले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी हुन्।

सरकार र उद्यमीहरुबीचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवं निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्न प्रदर्शनी उपयोगी माध्यम हुने उनले विश्वास व्यक्त गरिन्। उनले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक रहेकोमा जोड दिइन्।

स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले ध्यान पुराउनुपर्ने र यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अबलम्वन गर्नुपर्ने उनले बताइन्।

राष्ट्रपति भण्डारीले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउन सहकार्य गर्नु अत्यावश्यक धारणा राखे। प्रदर्शनी २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी छन्। 

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्