Kathmandu Press

मन्त्री लामिछानेद्वारा जिल्ला प्रशासन काठमाडौंकाे अनुगमन

बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले विभिन्न सेवामा सुरु गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहबारे जानकारी लिएका हुन्।
मन्त्री लामिछानेद्वारा जिल्ला प्रशासन काठमाडौंकाे अनुगमन

काठमाडाैं, पुस २१ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंका भइरहेका सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन्।

बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले विभिन्न सेवामा सुरु गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहबारे जानकारी लिएका हुन्। सो क्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

उनले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिन मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीबाट प्रतिबद्धता आएको बताए। प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रशासनबाट हुने सेवालाई समयबद्ध गर्दैै नागरिकलाई सहज बनाउन १० वटा सेवामा टाइम कार्ड लागु गरिएको जानकारी दिए।

प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र, प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेसी र तारेख ३० मिनेटभित्र उपलब्ध हुने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। 

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्