Kathmandu Press

वेदुराम भुसालको संयोजकत्वमा एकीकृत समाजवादीले बनायो वाम एकता कार्यदल 

महासचिव वेदुराम भुसालको संयोजकत्वमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य रहने गरी एकीकृत समाजवादीले वाम एकता कार्यदल गठन गरेको हो । 
वेदुराम भुसालको संयोजकत्वमा एकीकृत समाजवादीले बनायो वाम एकता कार्यदल 

काठमाडौं, पुस २१ : नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुको एकताका लागि कार्यदल गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल बनाएको हो ।  

पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले वाम एकताका लागि कार्यदल गठन गरिएको जानकारी दिए । महासचिव वेदुराम भुसालको संयोजकत्वमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य रहने गरी एकीकृत समाजवादीले वाम एकता कार्यदल गठन गरेको हो । 

एकीकृत समाजवादीको यसअघि बसेको पोलिटब्युरो बैठकले वाम एकताका लागि पहल गर्ने निर्णय गर्दै त्यसबारेमा आवश्यक प्रक्रिया सुरु गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सोही अनुसार सचिवालयले कार्यदल गठन गरेको हो । 

गठित कार्यदलले वामपन्थी दलहरुसँग एकताका लागि छलफल र परामर्श गर्ने छ । आजको बैठकले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समथर्न गर्ने वा नगर्ने भन्ने बारेमा कुनेपनि औपचारिक निर्णय गर्न सकेन ।   

 

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्