सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा शुक्रबार शीर्ष तहलाई बुझाइने

काठमाडौं, पुस २१ : सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले शुक्रबार शिर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ ।
शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने र शिर्ष तहमा प्रतिवेदन बुझाइने कार्यदल संयोजक समेत रहनुभएका उपप्रधान एवं अर्थतन्त्री बिष्णु पौडेलले जानकारी दिए।
उनले सरकारमा सहभागी दलहरुको सुझाव लिदै मस्यौदा तयार पारिएको र शुक्रबार अन्तिम रुप दिने बताए। कार्यदलका सदस्य एवं माओवादी नेता बर्षमान पुन अस्वस्थ भएका कारण बिहीबार बैठक बस्न नसकेको उनले बताए। ...
पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ । संसदमा विश्वासको मत लिएलगत्तै न्युनतम साझा कार्यक्रम प्रस्तुत गर्ने प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको तयारी छ।











