Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्रसँग रविन्द्र मिश्रको भेटवार्ता, के–के भयो कुराकानी ? 

पूर्वराजा ज्ञानेन्द्रसँग रविन्द्र मिश्रको भेटवार्ता, के–के भयो कुराकानी ? 

काठमाडौं, पुस २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।  

मिश्रले आफूले पूर्वराजासँग भेट गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले पूर्वराजासँग १५ वर्षपछि भेट भएको र झन्डै डेढ घन्टा लामो कुराकानी भएको बताएका छन् । 

कुराकानीबाट बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य रहेको निष्कर्षमा पुगेको मिश्रले बताए ।  भेटमा पूर्वराजा सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको पाएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

मिश्रले पूर्वराजाबाट विगतमा गल्ती भएन भनेर आफूले कहिल्यै नभनेको बताएका छन् । ‘राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हित÷अहितको बारे सोँच्दै नसोची २४० पुरानो संस्थाा फ्याँकिदिए । त्यो पनि राजतन्त्रको निरंकुशताको अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिको विपरित गएर,’ पूर्वराजासँगको भेटपछि मिश्रले भने। 

 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्