Kathmandu Press

लुम्बिनी प्रदेशमा पुस २७ भित्र सरकार गठनको आह्वान

प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा संविधानको धारा १६८ (२) अनुसार दाबी पेस गर्न पुस २७ गते अपराह्न ४ बजेसम्मको समयसीमा दिएका हुन्।
लुम्बिनी प्रदेशमा पुस २७ भित्र सरकार गठनको आह्वान

दाङ, पुस २१ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा संविधानको धारा १६८ (२) अनुसार दाबी पेस गर्न पुस २७ गते अपराह्न ४ बजेसम्मको समयसीमा दिएका हुन्।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ। बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग सरकार गठनका लागि पर्याप्त बहुमत अर्थात् ५२ सांसद छन्।

लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा र जनमतका ३–३ सांसद छन्। त्यसैगरी कांग्रेसका २७, लोसपाका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एसका १–१ जना र स्वतन्त्र २ सांसद छन्।

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्