Kathmandu Press

न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ : मन्त्री लामिछाने

उनले जनमतअनुसारको सरकार बनेकाले सबै दलको भावना समेटिने गरी न्यूनतम कार्यक्रम बन्ने दाबी गरे। 
न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ : मन्त्री लामिछाने

काठमाडाैं, पुस २१ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले न्यूनतम कार्यक्रम सार्वजनिक भएपछि मात्रै मन्त्रिपिरिषद् विस्तार हुने बताएका छन्।

सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषदकाे बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले न्यूनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको र शुक्रबार नै अन्तिम रुप दिने तयारी रहेकाे बताए।

उनले आफ्ना दलका तर्फबाट न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा, सेवा प्रवाह चुस्तदुरुस्त, मलका विषयलगायत कार्यक्रमहरुमा जोड दिएको बताए।

उनले जनमतअनुसारको सरकार बनेकाले सबै दलको भावना समेटिने गरी न्यूनतम कार्यक्रम बन्ने दाबी गरे। 

सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएको बताइएकाे छ। बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

बैठकले केही सचिवहरुको पनि सरुवा गर्ने निर्णय गरेको स्राेतकाे भनाइ छ। मन्त्रिपरिषद्को निर्णयको औपचारिक निर्णय भने शुक्रबार सरकारका प्रवक्ता विष्णु पौडेलले सार्वजनिक गर्ने उपप्रधान एवं गृहमन्त्री लामिछानेले जानकारी दिए।

 

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्