कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

काठमाडौं, पुस २१ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
बिहीबार धुम्बाराही पुगेर यादवले सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा देउवा र यादवबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । त्यस्तै मधेश प्रदेश सरकार गठनका विषयमा पनि देउवाले चासो ब्यक्त गरेका छन् । त्यहाँ नेपाली कांग्रेस पहिलो दल छ ।
प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











