Kathmandu Press

सभामुखका लागि शीर्ष नेतृत्वमा सहमति भइसक्यो : सञ्चारमन्त्री बाँस्कोटा

महेन्द्रनगर, पुस १५ : प्रतिनिधिसभा सभामुखका लागि नेकपा शीर्ष नेतृत्वमा सहमति भइसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन....

सभामुखका लागि शीर्ष नेतृत्वमा सहमति भइसक्यो : सञ्चारमन्त्री बाँस्कोटा

महेन्द्रनगर, पुस १५ : प्रतिनिधिसभा सभामुखका लागि नेकपा शीर्ष नेतृत्वमा सहमति भइसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।

आज बिहान कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेनलमा बोल्दै मन्त्री बाँस्कोटाले शीर्ष नेतृत्वमा सहमति भइसकेको बताएका हुन्। ‘सत्तापक्षको शीर्ष नेतृत्वमा समति भइसकेको छ,’ सभामुखबारे पत्रकारले सोधेको एक प्रश्नमा मन्त्री बाँस्कोटाले भने।

प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभामुख पद अन्य दललाई नदिइने बताए। उपसभामुखले राजीनामा नगरेर सभामुख पद अन्य दललाई दिनु पर्ला नि भन्ने प्रश्नमा उनले दोहो¥याए, ‘सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्, सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ।’

उनले देश नयाँ युगमा प्रवेश गरिसकेको समेत जिकिर गरे। सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो¥याउँदै लगिरहेको बताउँदै बाँस्कोटाले भने, ‘समृद्धि राष्ट्रिय एजेण्डा हो। हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौं।’

अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकार कानुन निर्माण जुटिरहेकाले पनि विकास निर्माणका काम नदेखिएको जिकिर गरे। कानुन निर्माणको काम सकिएपछि विकासको गति बढ्ने उनको भनाइ थियो।

एक अर्को प्रश्नमा उनले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त बलात्कार र हत्या प्रकरण सरकारले त्यसै नछाड्ने बताए। विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाउँदै घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १०:२६ बजे, मंगलबार, पुस १५, २०७६