Kathmandu Press

वाग्मती प्रदेशमा पाँच दिनभित्र सरकार गठनका लागि आह्वान

यही पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
वाग्मती प्रदेशमा पाँच दिनभित्र सरकार गठनका लागि आह्वान

हेटाैंडा, पुस २१ : वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। 

प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पाँच दिनको समय दिएका छन्। 

उनले यही पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयले जनाएअनुसार सरकार गठनका लागि कुनै पनि दलसँग स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्ने अवस्था नरहेको हुँदा उपधारा (२) अनुसार आह्वान गरिएको हो। 

प्रदेश सभामा प्रतिनिधत्व रहने कूल एक सय १० सदस्यमध्ये नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एसका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन्। 

प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्