Kathmandu Press

मन्त्रिपरिषद निर्णय : अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

यसअघि अर्थसचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाल थिए।
मन्त्रिपरिषद निर्णय : अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

काठमाडौं, पुस २१ : अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरिएको छ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ भने राजस्व सचिव रामप्रसाद घिमिरेलाई बनाएको स्रोतले जनाएको छ।

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।

यसअघि अर्थसचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाल थिए। अर्थतन्त्र सुधारका लागि सरकारले अर्थ र राजस्व सचिव हेरफेर गरेको जनाइएको छ।

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्