Kathmandu Press

कर्णाली प्रदेशमा सात दिनभित्र सरकार गठनका लागि आह्वान

कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० रहेको छ। माओवादी केन्द्र र एमाले मिलेर सरकार गठनको तयारी भइरहेको जनाइएको छ।
कर्णाली प्रदेशमा सात दिनभित्र सरकार गठनका लागि आह्वान

सुर्खेत, पुस २१ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन्।

उनले धारा १६८ (२) बमोजिम आज (बिहीबार) मुख्यमन्त्री पदमा दाबी गर्न सात दिनको समय दिएका छन्।

जसअनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिले पुस २७ गते बुधबार बेलुका ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने हुन्छ।

कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० रहेको छ। माओवादी केन्द्र र एमाले मिलेर सरकार गठनको तयारी भइरहेको जनाइएको छ। माओवादी केन्द्रका १३ जना र एमालेका १० संसद छन्।

तर प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो। उक्त सभामा कांग्रेसका १४ सांसद छन्। राप्रपा, एकीकृत समाजवादी र  स्वतन्त्र सांसद एकएकजना सांसद छन्।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्