राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको हाे ।
काठमाडौं, पुस २१ : सरकारले राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यका लागि माघ २५ गते उपनिर्वाचन गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सभाका सदस्य पनि भोटर भएका कारण माघमै राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्न लागिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल फागुनबाट समाप्त हुँदैछ ।
राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











