Kathmandu Press

निराकार पाण्डेको परिवारलाई प्रधानमन्त्रीले भेटे, सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता 

निराकार पाण्डेको परिवारलाई प्रधानमन्त्रीले भेटे, सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता 
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, पुस २१ : गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । 

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् । 

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे । 

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्