तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु
जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु लागिरहेको छ।
काठमाडौं, पुस २१ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु लागिरहेको छ।
आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
हिमाली भूभागमा हल्का हिमपात र तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु लाग्दा दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: ०७:३१ बजे, बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











