Kathmandu Press

नेपाल टी-२० लिगका बारेमा छानबिन गर्न राखेपद्वारा कार्यदल गठन

नेपाल टी-२० लिगका बारेमा छानबिन गर्न राखेपद्वारा कार्यदल गठन

काठमाडाैं, पुस २० : टी-२० लिग क्रिकेट बारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कार्यदल गठन गरेको छ । बुधबार राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन भएकाे हाे।

छानविन कार्यदल सदस्यमा प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रतियोगितामा सट्टेबाजी भएको र फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरिएको समाचार सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान थालिएकाे छ।

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्