Kathmandu Press

मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल भएकाे छैन : गृहमन्त्री लामिछाने

मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल भएकाे छैन : गृहमन्त्री लामिछाने

काठमाडाैं, पुस २० : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गठबन्धनकाे बैठकमा मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन्।

बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले भने, ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन।’

यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए।

बैठकमा मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम/कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे छलफल भएको उनले बताए।

यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्