अवैधानिक रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयकाे परिपत्र

काठमाडाैं, पुस २० : अवैधानिक रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरेको छ।
बुधबार सबै प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रचलित कानुन विपरित ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना गर्न भनिएको छ।
यस्तै अदालतबाट जारी भएको आदेश समेतको कार्यान्वयन आवश्यक देखिएको भन्दै गृहले सबै प्रशासनलाई परिपत्र गरेको हो।
साथै, कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको हो।
प्रकाशित मिति: १८:२१ बजे, बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











