Kathmandu Press

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी 

 सत्ता साझेदार दलका शीर्ष  नेताहरुको बैठक सुरु भएको छ । 
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी 

काठमाडौं, पुस २० : सत्ता साझेदार दलका शीर्ष  नेताहरुको बैठक सुरु भएको छ । 

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।  

बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने, प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट माग्न लागेको विश्वासको मतका विषयमा पनि छलफल हुने बताइएको छ ।

नेताहरुका अनुसार विष्णु पौडेल संयोजकत्वको कार्यदलले तयार पारेको सरकारको न्युनतम् साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ । कार्यदलले तयार पारेको न्युनतम् कार्यक्रमको मस्यौदा शीर्ष नेताले अध्ययन गरेपछि अन्तिम रुप दिने तयारी छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा अध्यक्ष रवि लामिछाने सहभागी छन् । 

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्