प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन (तस्बिरहरु)
प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका छन् ।
काठमाडौं, पुस २० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नयाँ भवनमा रहेका बिभिन्न संरचनाको अवलोकन गरेका छन् ।


प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका थिए ।

यसैगरी प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरे।
मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा बिस्तृत जानकारी दिएका थिए।







प्रकाशित मिति: १५:१३ बजे, बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











