सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन लगातार आह्वान गर्दै आइरहेका छन् ।
काठमाडौं, पुस २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन लगातार आह्वान गर्दै आइरहेका छन् ।
नेपाल भने आफूलाई थाहा पत्तै नदिई पुरानो गठबन्धन भत्काएर एमालेसँग मिलेको भन्दै प्रचण्डमाथि असन्तुष्टि पोख्दै आएका छन् । उनले माओवादी केन्द्र र नेपाली कांग्रेसले आफूहरुलाई धोका दिएको बताएका छन् ।
एकीकृत समाजवादीले सरकारमा जाने नजानेबारे अहिलेसम्म निर्णय लिन सकेको छैन । आजको भेटवार्तामा समसामयिक राजनीति र प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मतका बारेमा छलफल हुने आकलन गरिएको छ ।











