कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत

काठमाडौं, पुस २० : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । दलको नेता हुनका लागि सात भन्दा बढी आकांक्षी रहेपनि अन्तिममा शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।
शाह कांग्रेस महासमिति सदस्य समेत रहेका प्रकाश देउवाको समर्थनमा दलको नेता बनेका हुन् । उनी पार्टी सभापति शेर बहादुर देउवाका भतिजा समेत हुन् ।
मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरुलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो तर सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।
उक्त समितिले दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो तर नेताहरुबीच मनोनयन दर्ता गर्ने समय सकिँदै गर्दा सर्वसम्मत नेता चयन गर्ने सहमति भएको हो ।
प्रकाशित मिति: १४:५३ बजे, बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार