Kathmandu Press

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भारत भ्रमणको निम्तो 

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भारत भ्रमणको निम्तो 

काठमाडौं, पुस २० : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो । 

भेटमा राजदूत श्रीबास्तवले मन्त्री श्रेष्ठलाई बधाई र शुभकामना दिएका छन् । उनले नेपालको विकास निर्माणका लागि भारतले सक्दो सहयोग गर्ने बताए । यसअघि पनि भारतले विभिन्न सहयोग गर्दै आइरहेको बताउँदै भावी दिनहरुमा पनि सहयोग कायम रहने श्रीबास्तवको भनाई छ । 

भेटमा भारतीय सहयोगबाट निर्माण भइरहेका आयोजनाका कामहरुमा देखिएका समस्या समाधान गर्दै छिटो काम सक्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

छलफलपछि राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् ।  
 

प्रकाशित मिति: १३:४० बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्