Kathmandu Press

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित दीपेन्द्र माओवादीमै फर्किए, प्रचण्डले गरे स्वागत 

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित दीपेन्द्र माओवादीमै फर्किए, प्रचण्डले गरे स्वागत 

काठमाडौं, पुस २० : रोल्पा क्षेत्रनम्बर १ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । 

गठबन्धन गरेर चुनाव लड्दा रोल्पा १(२) कांग्रेसको भागमा परेको थियो । पार्टीले उम्मेदवारी नदिने भएपछि माओवादी केन्द्रका दीपेन्द्रले गठबन्धनबाट नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

उनले गठबन्धनका साझा उम्मेदवार अमरसिहंलाई ५ हजार बढी मतान्तरले पराजित गरे । दीपेन्द्रले  १४ हजार ९२७ मत ल्याउँदा अमरसिंहले १० हजार ४०६ मत ल्याएका थिए । 

निर्वाचित भएपछि पुनले पार्टीमै फर्कने इच्छा व्यक्त गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाएर स्वागत गरेका हुन् ।  
 
दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरेको थियो । 

प्रकाशित मिति: १३:११ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्