Kathmandu Press

कांग्रेसको संसदीय दलको बैठक पुस २३ मा बस्ने

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने कांग्रेस पार्टी कार्यालयले जनाएकाे छ।
कांग्रेसको संसदीय दलको बैठक पुस २३ मा बस्ने

काठमाडौं, पुस २० : नेपाली कांग्रेसको संसदीय दलको बैठक पुस २३ गते बस्ने भएको छ।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने उनले बताए।

त्यसैगरी पुस २२ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक ६ दिनपछि २८ गतेका लागि सारएिको कांग्रेस पार्टी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।  

congress1672817903.jpg

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्