Kathmandu Press

एमालेको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव 

एमालेको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव 

काठमाडौं, पुस २० : नेकपा एमालेको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। 

प्रदेश राजधानी जनकपुरमा मंगलबार रातिसम्म बसेको प्रदेश संसदीय दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हो ।

पार्टीका सचिव रधुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुली कुमारी महतो तथा नवगठित सरकारका विना विभागीय मन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा सहमतिमै दलको नेतामा महोत्तरी ४(१) बाट निर्वाचित यादवलार्ई दलको नेतामा चयन गरिएको हो ।

रामकुमार लेखी, हरिनारायण महतो र रामचन्द्र मण्डल लगायतका प्रदेश सांसदहरु दलका नेताका लागि आकाङ्क्षी थिए तर उनीहरुलाई आगामी सरकारमा मन्त्री बनाउने आश्वासन दिएपछि यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । 

मधेस प्रदेशमा २३ सांसद सहित एमाले पहिलो पार्टी रहेको छ । 

प्रकाशित मिति: ११:०३ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्