Kathmandu Press

नेपाल टि–२० क्रिकेट लिगको विषयमा छानबिन गर्न गृह मन्त्रालयको निर्देशन

मंगलबार उनले सिआइबीलाई छानविन गर्न निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको छ। लिगमा स्पट फिक्सिङ र बेटिङ भइरहेको भन्ने आशंका गरिएको छ। 
नेपाल टि–२० क्रिकेट लिगको विषयमा छानबिन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, पुस २० : गृहमन्त्री रवि लामिछानेले कीर्तिपुरमा जारी नेपाल टी २० लिगमाथि छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन्। 

मंगलबार उनले सिआइबीलाई छानविन गर्न निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको छ। लिगमा स्पट फिक्सिङ र बेटिङ भइरहेको भन्ने आशंका गरिएको छ। 

यसबारे सूचना र उजुरी परेपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो। यद्यपि यसमा अहिलेसम्म प्रहरीले प्रमाण फेला पारेको छैन। 

लिगका कमेन्टेटर समेत रहेका सचिन तिमल्सेनाले पनि फिक्सिङको आशंकामा लिग छाडेका छन्। पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमका साथीलाई फिक्सिङको अफर समेत आएको बताएका छन्।

प्रकाशित मिति: ०७:५२ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्