हल्का हिमपातको सम्भावना
जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका धेरै भूभागहरुमा बाक्लो हुस्सु लागेको छ।
काठमाडौं, पुस २० : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका धेरै भूभागहरुमा बाक्लो हुस्सु लागेको छ।
आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति प्रदेश १ को हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने प्रदेश १ को पहाडी भूभागका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हिमाली भूभागमा हल्का हिमपात र मध्य तराईका धेरै भूभागहरुमा बाक्लो हुस्सु लाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











