Kathmandu Press

महानगरप्रमुख बालेनले गरे आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

महानगरप्रमुख बालेनले गरे आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं, पुस १९ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन।

प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका  हुन। स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध शाहले आज रिट निवेदन दायर गरेका हुन।

रिट निवेदनमा कानुनले तोकेको अवधिभित्रै गत असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको र परिणाम घोषणा भएको मितिले ३० दिनभित्र  खर्चको विवरण पेश गर्नुपर्नेमा ३०औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको उल्लेख छ । शाहले आफूले समयमै निर्वाचन खर्च विवरण बुझाउँदा पनि रु सात लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय निर्वाचनमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुष्ट जरिवाना गर्ने, छ महिनाभित्र नबुझाए छ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगको गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गरेका छन।

प्रकाशित मिति: २०:३१ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्