प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली
भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयीक राजनीति, सरकारलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।
काठमाडौं, पुस १९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न ओली मंगलबार साँझ बालुवाटार पुगेका हुन् ।
भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयीक राजनीति, सरकारलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।
प्रचण्ड र ओलीबीच यसअघि पनि खुमलटारमा भेटवार्ता भएको थियो ।
प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार