Kathmandu Press

उपरथी प्रेम शाही सैनिक हिरासतमा 

उपरथी प्रेम शाही सैनिक हिरासतमा 

काठमाडौं, पुस १९ : ः आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक हिरासतमा लिइएको छ ।

सर्वोच्चले गत पुस ७ गते शाहीले दिएको एक रिटमा उनको सेवा अवधि एक वर्ष बाँकी रहेको भन्दै फैसला गरेको थियो । 

अदालतको आदेश लिएर हाजिर हुन जंगीअड्डा जाने तयारीमा रहेका शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो । शाही १५ दिनदेखि घर बिदामा थिए ।

आर्थिक अनुशासन सम्बन्धी छानबिनमा उपरथी शाहीलाई नियन्त्रणमा लिइएको जंगी अड्डाले जनाएको छ । शाही बहालमा रहेको अवस्थामा आर्थिक अनियमितता भएको आरोप छ । 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्