निर्वाचन आयोगविरुद्ध बालेनले दिए सर्वोच्चमा रिट

काठमाडौं, पुस १९ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका उम्मेदवारहरुले समयमै खर्च विवरण नबुझाएको भन्दै बालेनसहित धेरै उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्णय गरेपछि मंगलबार उनले आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्।
बालेन आफूले भने कानुनले तोकिएको अविधिभित्रै निर्वाचन खर्च विवरण पेस गरेको दाबी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनको दाबी छ ।
उनले मयमा खर्च विवरण बुझाउँदा बुझाउँदै ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय चुनावमा भाग लिने देशभरका १ लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिवाना गर्ने र ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग गरेका छन् ।










-1785565366.jpeg)
