Kathmandu Press

प्रेम आले र माया राईले लिए सांसदको सपथ 

प्रेम आले र माया राईले लिए सांसदको सपथ 

काठमाडौं, पुस १९ : प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

मंगलबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदद्वय आले र राईलाई सपथ खुवाएका हुन् । 

गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन् ।

 पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्