Kathmandu Press

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित 

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित 

काठमाडौं, पुस १९ : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । 

मंगलबार पार्टीका सभापति शेर बहादुर देउवाले लेखकलाई प्रतिनिधि सभाको संसदीय दलको प्रमुख सचेतकमा मनानित गरेका हुन् । 

संसदीय दलको नेता रहेका देउवाको निजी सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको विधान (संसोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम लेखक लाई प्रमुख सचेतकमा मनोनयन गरिएको जानकारी दिएको छ । 

लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

No description available.

प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्